कैलालीमा सरकारविरुद्ध प्रदर्शन

कैलालीमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ : नेकपामाथि प्रतिबन्ध, पार्टीका सचिवालय सदस्य कञ्चनलगायत नेता–कार्यकर्तामाथि दमन, धरपकड र गैरन्यायिक गिरफ्तारीका विरुद्ध अखिल (क्रान्तिकारी) कैलालीले ७ गते प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बुधबार आयोजित प्रदर्शनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिंह, सङ्गठनका जिल्ला अध्यक्ष सुवासकिरण जोशी, युवा सङ्गठन नेपालका जिल्ला कोषाध्यक्ष दीपक चन्दका साथै अखिल (क्रान्तिकारी) का जिल्लास्तरीय नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको कैलालीबाट प्राप्त समाचारमा जनाइएको छ ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य सिंहले सम्पूर्ण युवा विद्यार्थीलाई सरकारको नालायकीपन, गैरन्यायिक गिरफ्तारी, दमन, धरपकड, भ्रष्टाचार, व्यापारीकरण, माफियाकरणका विरुद्ध सशक्त रूपले प्रतिकारमा उत्रन अपिल गरे ।

उनले राज्यले दमन र धरपकड नरोके आफूहरू कडाभन्दा कडा प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसबाट हुने क्षतिको जिम्मेवारी कठपुतली वली सरकार हुने चेतावनी दिए । उनले माघ १० गतेको नेपाल बन्द सफल पार्न युवा–विद्यार्थीलगायत सम्पूर्ण जनसमुदायको साथ, सहयोग र समर्थनका लागि अपिल पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :