नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध जाजरकोटमा प्रदर्शन

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध जाजरकोटमा प्रदर्शन

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गैरन्यायिक गिरफ्तारीको विरोधमा बुधबार नेपाल कम्युनिस्ट पार्टी जाजरकोट एरिया नम्बर ३ र युवा सङ्गठन नेपाल जाजरकोटले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।

प्राप्त समाचारअनुसार विरोध प्रदर्शनपछि जुलुस कोणसभामा परिणत भएको थियो । सभामा सम्बोधन गर्दै युवा सङ्गठन नेपाल जाजरकोट जिल्ला अध्यक्ष विवशले अब आफूहरू अन्तिम लडाइँको तयारीमा रहेको बताए । देश र जनताको उज्ज्वल भविष्य निर्माण गर्न र एकीकृत जनक्रान्तिमार्फत देशमा वैज्ञानिक समाजवाद ल्याउनका लागि अन्तिम कसरत गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :