वैज्ञानिक समाजवादका नाराले रङ्गिए चितवनका पर्खाल

वैज्ञानिक समाजवादका नाराले रङ्गिए चितवनका पर्खाल

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले राप्ती नगरपालिकाका विभिन्न स्थानमा वैज्ञानिक समाजवाद स्थापना गरौँ भन्दै वालपेन्टिङ गरेको छ ।

स्कुलवाल, रोडसाइड, प्रतीक्षालयलगायत विभिन्न सार्वजनिक स्थलमा नेकपाका नाराहरू लेखिएको नेकपा चितवनले जनाएको छ । पर्खालहरूमा ‘सबै कम्युनिस्ट वामपन्थी, देशभक्तहरू एकताबद्ध हौँ ! वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि सङ्घर्ष गरौँ !’ लगायत नाराहरू लेखिएको छ ।

त्यसैगरी पर्खालहरूमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका नाराहरू पनि लेखिएको छ । पर्खालहरूमा ‘वैदेशिक हस्तक्षेप बन्द गर ! जनताको राजनीतिक अधिकार सुनिश्चित गर !!’ लगायत नाराहरू लेखिएको नेकपा चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :