कैलालीमा नेकपा नेताहरूको रिहाइ माग गर्दै प्रदर्शन

कैलालीमा नेकपा नेताहरूको रिहाइ माग गर्दै प्रदर्शन

काठमाडौँ : नेकपामाथि दमन, धरपकड र गैरन्यायिक गिरफ्तारीका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रमअनुसार माघ ५ गते अखिल (क्रान्तिकारी) कैलालीले विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिंह, सङ्गठनका जिल्ला अध्यक्ष सुवासकिरण जोशी, युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष विष्णु, उपाध्यक्ष पुष्पलगायत अखिल (क्रान्तिकारी) का नेता–कार्यकर्ताहरू उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिंहले सम्पूर्ण युवा–विद्यार्थीलाई नालायक सरकारको गैरन्यायिक गिरफ्तारी, दमन, धरपकड, भ्रष्टाचार, व्यापारीकरण, माफियाकरणका विरुद्ध सशक्त रूपले प्रतिकारमा उत्रिन अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :