नेकपा नेता बास्तोलाको गिरफ्तारीविरुद्ध अर्घाखाँचीमा कोणसभा

नेकपा नेता बास्तोलाको गिरफ्तारीविरुद्ध अर्घाखाँचीमा कोणसभा

सन्धिखर्क : नेकपाका केन्द्रीय सचिवालय सदस्य एवम् विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्तालाई सरकारले कायरतापूर्ण गिरफ्तार गरेको विरोधमा अखिल (क्रान्तिकारी) अर्घाखाँचीले कोणसभा गरेको छ ।

कोणसभामा सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र विकले केपी वलीको नेतृत्वको सामाजिक दलाल फासिवादी सरकारले नेकपाका नेता धर्मेन्द्र बास्तोलालगायत नेता–कार्यकर्तालाई गिरफ्तार गरी कथित लोकतन्त्रको असली अनुहार देखाएको बताए । उनले संसद् पुनस्र्थापना वा मध्यावधि चुनाव दुवै श्रमिक जनताको समस्याको समाधान नभएको भन्दै यसको निकास वैज्ञानिक समाजवाद भएको बताए । उनले आफ्नो सङ्गठन संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि निरन्तर सङ्घर्षमा रहेको बताउँदै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै शिक्षा, स्वास्थ्य, रोजगारलगायत आधारभूत विषयमा राज्यले दायित्व लिने बताए ।

कोणसभामा नेकपाका नेता वसन्त र अखिल (क्रान्तिकारी) अर्घाखाँचीका अध्यक्ष नवीन खड्काले नेता बास्तोलालगायत देशभर गिरफ्तार गरिएका नेता–कार्यकर्तालाई ससम्मान रिहा नगरिए वली सरकारले महँगो मूल्य चुकाउनुपर्ने बताए ।

नेकपाका नेता बास्तोलालाई प्रहरीले पुस २९ गते ललितपुरबाट गिरफ्तार गरेको थियो । बास्तोलालगयात नेता–कार्यकर्ताको गिरफ्तारीपछि नेकपाका महासचिव विप्लवले वक्तव्य जारी गर्दै नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए । केन्द्रीय कार्यक्रमअन्तर्गत नेकपाले देशभर विरोधसभाहरू गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :