पूर्वी चितवन र दैलेखमा विरोध सभा

पूर्वी चितवन र दैलेखमा विरोध सभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवन राप्ती नगरपालिकाले नेकपा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को रिहाइको माग गर्दै पूर्वी चितवन राप्तीमा विरोध सभा आयोजना गरेको छ । उक्त सभामा अखिल (क्रान्तिकारी) चितवन राप्ती नगरपालिका संयोजक सफलले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा सफलले कञ्चनको रिहाइको माग गर्दै शिक्षा क्षेत्रको विकृति तथा व्यापार नरोकिए सङ्घर्ष गर्ने चेतावनी दिएका थिए ।

सफलले भने, ‘स्वतन्त्र रूपमा जनताको विचार तथा आवश्यकतालाई लिएर अभिव्यक्ति दिन पाइने अधिकारसमेत बन्द गरी यो नाङ्गो नृत्य गर्नु र आँखा बन्द गरी दिउँसै रात पर्यो भन्नु शासकहरूको मूर्खता हो । यो प्रवृत्ति तुरुन्त बन्द नगरिए शक्तिशाली प्रतिरोध सङ्घर्ष सञ्चालन गर्न बाध्य हुनेछौँ ।’ उनले भने, ‘जनताको अधिकार जनताको हातमा देऊ, मुठीमा राख्न नखोज, हानिकारक हुनेछ । शिक्षा क्षेत्रमा भएका व्यापारीकरण बन्द गर्न पनि चेतावनी दिन चाहन्छौँ ।’

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी दैलेखले पनि पार्टीको केन्द्रीय योजनाअनुसार जनप्रिय पार्टीका केन्द्रीय सचिवालय सदस्य कञ्चनलगायत केपीको सामाजिक दलाल सरकारले गैरन्यायिक ढङ्गले गिरफ्तार गरेका सम्पूर्ण नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विरोधसभा सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :