नेकपाका नेता–कार्यकर्ताको रिहाइको माग गर्दै कपिलवस्तुमा प्रदर्शन

नेकपाका नेता–कार्यकर्ताको रिहाइको माग गर्दै कपिलवस्तुमा प्रदर्शन

बुटवल : नेकपा कपिलवस्तुले पार्टी केन्द्रीय सचिवालय सदस्य हरू धर्मेन्द्र बास्तोला, सुदर्शन, नेताहरू वीरजङ्ग, रणवीर, ओमप्रकाश पुन, माइला लामा, आदर्शलगायत नेता–कार्यकर्तालाई सरकारले कायरतापूर्ण गिरफ्तार गरेको विरोधमा प्रदर्शन गरेको छ ।

पार्टीले घोषणा गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रमअनुसार आयोजित विरोध सभाका वक्ताहरूले केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले नेकपाका नेता–कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसका विरुद्ध सशक्त प्रतिरोध गर्ने बताएका छन् ।

वक्ताहरूले नेकपाले दलाल पुँजीवादी सरकारको गलत क्रियाकलापका विरुद्ध देशव्यापी सङ्घर्ष गरिरहेको बेला उनीहरूको चरित्र उदाङ्गिएपछि पार्टीमाथि दमन र प्रतिबन्ध गरेको बताए । उनीहरूले धर्मेन्द्र बास्तोलालगायत नेकपाका नेता–कार्यकर्तालाई रिहा नगरे केपी वली र उसको गृहप्रशासनले महँगो मूल्य चुकाउनुपर्ने बताए ।

जिल्लाका ३ स्थानमा भएको विरोध कार्यक्रममा जिल्ला सेक्रेटरी शेरमान, जिल्ला नेताहरू सन्देश, पावेल र विज्ञान क्षेत्रीले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :