नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध पश्चिम नवलपरासीमा विरोध सभा

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध पश्चिम नवलपरासीमा विरोध सभा

परासी : आफ्नो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित नेता–कार्याकर्ताको रिहाइको माग गर्दै आन्दोलनको घोषणा गरेको नेकपाले आज पश्चिम नवलपरासी जिल्लामा विरोध सभा सम्पन्न गरेको छ । बन्दी नेताहरूको बिनासर्त तत्काल रिहाइको माग गर्दै नेकपाले आज पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको जदाहामा विरोधसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा नेता गुरुदेवले आफ्नो पार्टीका नेता कञ्चनलगायत सम्पूर्ण नेतालाई तत्काल रिहा नगरिए आन्दोलनको आँधीबेहेरी सिर्जना गर्ने चेतावनी दिए ।

पार्टी सङ्गठन निर्माणको अभियानमा जुटेका आफ्ना नेतालाई झूट्टा आरोप लगाई थुनामा राखेकोमा खेद प्रकट गर्दै उनले सङ्घर्षबाट स्थापित नेकपासँग पौँठेजोरी नखेल्न राज्यको ध्यानाकर्षण गराए ।

सरकारले कोरोनाको बेला जनताको स्वास्थ्यका लागि काम गर्नुको साटो जनताप्रति निरङ्कुश बनेको र पार्टीभित्रको झगडाले संसद् नै विघटन गरी निर्वाचन गर्छु भन्दै कोरोनाविरुद्ध लगाउने खोपका लागि चन्दा उठाउने नौटङ्गी गरेको आरोप लगाए ।

पार्टी नेता–कार्यकर्ता तत्काल रिहा गर्न नेकपाले घोषणाा गरेको सङ्घर्षको केन्द्रीय कार्यक्रमअन्तर्गत आज विरोध सभा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :