संसारलाई आश्चर्यचकित पार्दै जनगणतन्त्र कोरियाद्वारा विश्वकै शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण

संसारलाई आश्चर्यचकित पार्दै जनगणतन्त्र कोरियाद्वारा विश्वकै शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ : किम इल सुङ प्रतिपादित जुछे विचारधारा र किम जोङ इल प्रतिपादित सङ्गुन राजनीतिमा आधारित आफ्नो मौलिक समाजवादको प्रयोग गरिरहेको जनगणतन्त्र कोरियाले संसारको सबैभन्दा शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । कोरियाली सञ्चारमाध्यमले त्यसलाई विश्वकै शक्तिशाली हतियार भनेका छन् ।

सञ्चारमाध्यमहरुका अनुसार जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उनले एक परेडका अवसरमा उक्त ब्यालेस्टिक मिसाइलको अनावरण गरेका हुन् । उक्त ब्यालेस्टिक मिसाइल पनडुब्बीबाट पनि प्रक्षेपण गर्न सकिने बताइएको छ । उक्त ब्यालेस्टिक मिसाइलको मारक–क्षमता कति छ भन्नेबारे भने सार्वजनिक भएको छैन ।

स्मरणीय छ, मार्सल किम जोङ उनलाई कोरियाली वर्कर्स पार्टीले शक्तिशाली महासचिवमा निर्वाचित गर्नासाथ कोरियाले यो प्रगति सार्वजनिक गरेको छ । उता संसारकै श्रमिक वर्गको शत्रु र जनगणतन्त्र कोरियाको आँखाको कसिङ्गर मानिएको अमेरिकामा डोनाल्ड ट्रम्पलाई पतन गराउँदै जो बाइडेनले नवनिर्वाचित राष्ट्रपतिका रूपमा शपथ लिन ५ दिन मात्र बाँकी छ । जो बाइडेनको आगमनलाई शक्तिशाली ब्यालेस्टिक मिसाइलले चुनौती दिएको अर्थमा पनि यसलाई लिन सकिन्छ तर कोरियाले आफूले आर्जन गरेको शक्ति कसैका विरुद्ध लक्षित नभएर देश, जनता र व्यवस्थाको सुरक्षाका लागि भएको बताउँदै आएको छ ।

प्राप्त समाचारअनुसार ब्यालेस्टिक मिसाइल अनावरण र परेडपछि आयोजित राजनीतिक बैठकमा मार्सल किम जोङ उनले अमेरिकालाई ‘देशको सबैभन्दा ठूलो शत्रु’ का रूपमा चित्रण गरेका थिए ।

जनगणतन्त्र कोरिया यस्तो समाजवादी मुलुक हो जसले समाजवाद स्थापनापछि निरन्तर ७० वर्षदेखि विश्वको कडा प्रतिबन्ध खेपिरहेको छ ।

एजेन्सीहरूसमेतको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :