लोकेन्द्र शाहीलाई झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिए कडा प्रतिरोध : नेकपा

लोकेन्द्र शाहीलाई झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिए कडा प्रतिरोध : नेकपा

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछाम पार्टीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र शाहीलाई गिरफ्तार गरी सरकारले झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरिरहेको भन्दै बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध गर्ने चेतवनी दिएको छ । इन्चार्ज नवीन र सेक्रेटरी आखिरले विज्ञप्ति जारी गरी मङ्गलसेन नगरपालिकाको ठूलोसेन क्षेत्रबाट दलाल केपी–बादल गिरोहको गृहप्रशासनले शाहीलाई गिरफ्तार गरी पुराना झूट्टा मुद्दाहरूमा फसाउने षड्यन्त्र गरेकाले प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७७–०९–१० गतेका दिन हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव क. लोकेन्द्र शाहीलाई मङ्गलसेन नगरपालिकाको ठूलोसेन क्षेत्रबाट दलाल केपी–बादल गिरोहको गृह प्रशासनले गिरफ्तार गरी पुराना झूट्टा मुद्दाहरूमा फसाउने षड्यन्त्र गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अहिले सिङ्गो देश कोरोना महामारीका विरुद्ध जुझिरहेको बेला थोरै पनि मानवीय संवेदनालाई ख्याल नगरी हाम्रो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गर्नु दलाल सामाजिक फासिवादी सरकारको घोर निन्दनीय र भत्र्सनायोग्य कार्य हो । यो मानवताविरुद्धको अपराध हो । यसको हामी घोर निन्दा र भत्र्सना गर्दछौँ । साथै कमरेड लोकेन्द्र शाहीको यथाशीघ्र ससम्मान रिहाइको माग गर्दछौँ ।’

विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ, ‘उहाँलाई झूट्टा मुद्दा लगाउने र गिरफ्तारीलाई निरन्तरता दिने कार्य दलाल सरकारले गरिरहेमा हामी त्यसको कडा प्रतिरोध गर्न बाध्य हुनेछौँ । यसको जिम्मेवारी स्वयम् केपी–बादल गिरोहको दलाल सामाजिक फासिवादी सरकारले लिनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :