सङ्खुवासभामा दोहोरो भिडन्त भएको होइन, सर्वसाधारणमाथि दमन चलाउने कार्यको प्रतिरोध गर्छौं : प्रकाण्ड

सङ्खुवासभामा दोहोरो भिडन्त भएको होइन, सर्वसाधारणमाथि दमन चलाउने कार्यको प्रतिरोध गर्छौं : प्रकाण्ड

काठमाडौँ : नेकपाका प्रवक्ता प्रकाण्डले सङ्खुवासभामा दोहोरो भिडन्त भएको हल्ला फिँजाई सरकारले सर्वसाधारणमाथि दमन चलाएको भन्दै यस्तो कार्य जारी राखिए प्रतिरोध गर्ने चेतावनी दिएका छन् । प्रकाण्डले आइतबार साँझ विज्ञप्ति जारी गर्दै जिल्लाको चैनपुर नपा ४ मैदानेमा पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको र सेक्रेटरी राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज सङ्खुवासभा जिल्लाको चैनपुर नपा ४ मैदानेमा हाम्रो पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा गई प्रहरी टोलीले सर्वसाधारण घरपरिवारमाथि कुटपिट गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ । हाम्रो पार्टी यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्र्सना गर्दछ । साथै उक्त घटनालाई दोहोरो भिडन्त भएको दाबी र समाचारको पनि खण्डन गर्दछ । यसरी नक्कली भिडन्तको आवरणमा सर्वसाधारणमाथि दमन चलाउने कार्य असाध्यै निन्दनीय छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको वर्तमान संवेदनशील अवस्थाको गहन विश्लेषण र नयाँ नीति तर्जुमा गर्नेबारे अध्ययन भइरहेको स्थितिमा भएको यस घटनाले पार्टीलाई गम्भीर बनाएको छ । सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने, उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने विषयसमेत सम्बन्धित सबैमा जानकारी गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :