वर्तमान सत्ताको नयाँ विकल्प प्रस्तुत गर्दै नेकपा

नेकपा केन्द्रीय समितिले मनायो १२८ औँ माओ दिवस

वर्तमान सत्ताको नयाँ विकल्प प्रस्तुत गर्दै नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आयोजनामा १२८ औँ माओ दिवस भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका नेता, कार्यकर्ता, जनमुक्ति सेना र जनसमुदायको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता पार्टी महासचिव विप्लव, सञ्चालन प्रकाण्ड र स्वागत मन्तव्य कञ्चनले गरेको नेकपा केन्द्रीय कार्यालयबाट प्राप्त समाचारमा जनाइएको छ ।

कार्यक्रममा महासचिव विप्लवले कमरेड माओ त्सेतुङ क्रान्तिका नायक र दार्शनिक भएको उल्लेख गर्दै वर्तमान अवस्थामा संसद् विघटनको परिघटना कुनै नेता, सरकार वा पार्टीको मात्र असफलता नभएर संसदीय व्यवस्थाकै असफलता भएकाले आफ्नो पार्टीले छिट्टै जनसमुदाय र अन्य राजनीतिक शक्तिसहित बृहत् संयुक्त मोर्चा बनाई देशको समस्या समाधान गर्न नयाँ विकल्प प्रस्तुत गर्ने बताए ।

पार्टी प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टी देशको समस्या नभई समाधान भएकाले सबै राजनीतिक पार्टी असफल भएको वर्तमान अवस्थामा आफ्नो पार्टी एक मात्र विकल्प भएको बताए ।

पार्टी सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कञ्चनले कमरेड माओ विश्वभरिकै क्रान्ति र क्रान्तिकारीहरूका लागि प्रेरणास्रोत भएको उल्लेख गरे ।

कार्यक्रममा जनसरकार प्रमुख सन्तोष बुढामगरलगायत केन्द्रीय नेताहरूको समेत सहभागिता रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :