नेकपा कैलालीले मनायो माओ दिवस

नेकपा कैलालीले मनायो माओ दिवस

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले १२८ औँ माओ दिवस कैलालीको भजनी नगरपालिकामा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा कैलालीका नेता–कार्यकर्ता तथा आमजनसमुदायको भव्य उपस्थिति रहेको जनाइएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा कैलालीका सेक्रेटरी करन थारूले दलाल संसदीय व्यवस्थालाई ध्वस्त पारी वैज्ञानिक समाजवाद स्थापनाका लागि अन्तिम लडाइँका निम्ति तयार रहन युवा तथा आमजनसमुदायलाई अपिल गरे ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिंहले यो दलाल पुँजीवादी व्यवस्थाले युवा विद्यार्थीको भविष्य सुनिश्चित नगर्ने भएकाले विद्रोहका निम्ति तयार रहन अपिल गरे । कार्यक्रमको सञ्चालन हृदय बोगटीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :