नेकपाका नेता पूर्ण सिंह अदालतबाटै गिरफ्तार

नेकपाका नेता पूर्ण सिंह अदालतबाटै गिरफ्तार

रूपन्देही : अदालतले साधारण तारेखमा रिहा गरेका नेकपाका नेताहरू पूर्णबहादुर सिंह र मीनबहादुर आलेलाई प्रहरीले पुनः अदालत परिसरबाटै गिरफ्तार गरेको छ ।

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा अदालतले मङ्गलबार बिनाधरौटी रिहा गर्नेबित्तिकै अदालतभित्रको क्यान्टिनमा खाजा र पानीसमेत खान नदिएर उनीहरूलाई उपद्र व्यवहारको मुद्दामा पाल्पा लगिएको छ । उनीहरूलाई यही मङ्सिर ४ गते बुटवलबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :