आस्थाका आधारमा प्रहरीले दर्नाल र नेपालीलाई लगायो ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दा

आस्थाका आधारमा प्रहरीले दर्नाल र नेपालीलाई लगायो ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दा

काठमाडौँ : ललितपुर प्रहरीले केही दिनअघि गिरफ्तार गरिएका नेकपाको आर्थिक विभागका प्रेम दर्नाल र सञ्जीव नेपालीलाई आस्थाका आधारमा चन्दा मुद्दा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दामा परिवर्तन भएको पत्र दिएको छ ।

ललितपुर प्रहरीले दर्नाल र नेपालीलाई अर्को पुर्जी थमाउँदै भनेको छ, ‘उपरोक्त सम्बन्धमा प्रहरी प्रतिवेदनसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईंसमेत भएको चन्दा ऐन २०३० बमोजिम कसुर मुद्दाको अनुसन्धानका क्रममा प्रस्तुत मुद्दा मुलुकी अपराध संहिता, २०४७ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान गर्नहुन भनी जिल्ला सरकारी वकिल कार्यालय ललितपुरको च.नं. १०९६ मिति २०७७/०८/१९ गतेको निर्देशनपत्र प्राप्त हुन आएको हुँदा प्रस्तुत चन्दा ऐन २०३० मुद्दाबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) मा परिणत भएको हुँदा नेपाल संविधानको धारा २० (८) बमोजिम तपाईंलाई जानकारी दिइएको बेहोरा जानकारीका लागि अनुरोध गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :