प्रविधि र उत्पादक शक्ति

प्रविधि र उत्पादक शक्ति

सबैले बुझेको कुरा हो वर्तमान विश्व प्रविधियुक्त छ । विकिपिडियाका अनुसार पहिलो औद्योगिक क्रान्तिले औद्योगिक उत्पादनमा सङ्क्रमण गर्यो । सन् १७६० देखि १८२० र १८४० का बीचमा भएको औद्योगिक क्रान्तिले हस्तविधि उत्पादनबाट यान्त्रिक र रासायनिक उत्पादनमा सङ्क्रमण गरेपछि अमेरिका र युरोपमा ठूलो परिवर्तन आएको थियो । यस समयमा रसायन र फलामको उत्पादन हुन्थ्यो र त्यसका लागि पानी र वाष्पलाई ऊर्जाका रूपमा प्रयोग गरिन्थ्यो । प्राविधिक क्रान्तिका रूपमा चिनिएको दोस्रो औद्योगिक क्रान्तिपूर्व आविष्कारहरूको मन्दीले विराम लिएको थियो । १९ औँ शताब्दीको मध्यतिर सुरु भएको दोस्रो औद्योगिक क्रान्तिमा बेसेमर प्रक्रियाद्वारा स्टिल उत्पादन भएसँगै टेलिग्राफ, रेलवे, पानी आपूर्ति, सेवाज पद्धति, विद्युत् ऊर्जा, विद्युतीकरण, टेलिफोनको प्रयोग समयमा भएको थियो । यी आविष्कार र उपयोग विश्वव्यापीकरण भएका थिए । त्यससँगै प्रथम विश्वयुद्ध भएको थियो ।

यही क्रममा माक्र्सवाद जन्मियो । उत्पादन शक्ति र उत्पादन सम्बन्धका बीचमा सापेक्षित एकता र निरपेक्ष सङ्घर्ष हुन्छ भन्ने नयाँ विचार माक्र्सले ल्याउनुभयो । यसैका आधारमा उहाँले पुँजीवादका विरुद्ध श्रमजीवी– सर्वहारा वर्ग लड्छ र विश्वमानव समाज समाजवाद हुँदै साम्यवादसम्म पुग्छ भन्ने निष्कर्ष निकाल्नुभएको थियो । यी कुरा अहिले पनि त्यत्ति नै सही छन् । तिथिमितिअनुसार, माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्दा प्रथम औद्योगिक क्रान्तिको समापन भएर प्राविधिक खोज र विकासको चरणमा पुँजीवाद प्रवेश गरेको थियो । अहिले उत्पादक शक्ति त्यही प्रविधि बन्न पुगेका तर्कहरू आउन थालेका छन् । त्यसैले प्रविधि प्रधान भएर आएकाले समाजवादी क्रान्तिमा बलप्रयोग आवश्यक छैन भन्ने निष्कर्षतिर उनीहरू पुगिरहेका छन् । यस्ता गैरमाक्र्सवादी तर्कलाई खण्डन गर्न जरुरी भएको छ ।

प्रविधि के हो ?

मान्छेले प्रविधिको प्रयोग जानी वा नजानी आदिम साम्यवादी युगदेखि नै गर्दै आएको छ । तर पनि पाङ्ग्रा र पिँडलाई पहिलो प्रविधिका रूपमा लिने गरिएको छ । विकिपिडियाका अनुसार यसको आविष्कार अहिलेसम्म कहिले भएको भन्ने स्पष्ट छैन । पाङ्ग्राको आविष्कारका लागि इलामाइट्सलाई श्रेय जान्छ किनभने उनीहरूलाई मूर्तिकला बनाउन यसबाट सजिलो भएको थियो । ४५ सय बीसीदेखि ३३ सयको तामायुगमा कुमालेको काठको पाङ्ग्रा बनेको मानिन्छ । त्यसैगरी ३३ सयदेखि २२ सय बीसीमा जसलाई काँसयुग भन्ने गरिन्छ, त्यस समयमा घोडालाई घरपालुवा बनाएर रथ तान्न प्रयोग गरियो । यसरी पाङ्ग्रा नै प्रविधिको पहिलो रूप भए तापनि यसको तीव्र विकास भने दोस्रो औद्योगिक क्रान्तिबाट नै भएको हो ।

उत्पादन शक्ति र उत्पादन सम्बन्धका बीचमा सापेक्षित एकता र निरपेक्ष सङ्घर्ष हुन्छ भन्ने नयाँ विचार माक्र्सले ल्याउनुभयो । यसैका आधारमा उहाँले पुँजीवादका विरुद्ध श्रमजीवी– सर्वहारा वर्ग लड्छ र विश्वमानव समाज समाजवाद हुँदै साम्यवादसम्म पुग्छ भन्ने निष्कर्ष निकाल्नुभएको थियो ।

बीसौँ शताब्दीको उत्तराद्र्धमा समय र ऊर्जाका रूपमा हामी अर्को स्रोतको उदय देख्छौँ, आणविक ऊर्जा त्यस्तै एउटा हो । तेस्रो औद्योगिक क्रान्तिले इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेसन र अवश्य पनि कम्प्युटरको उदय गर्यो । दोस्रो औद्योगिक क्रान्तिमा प्रचुर मात्रामा प्रविधिको विकासमा इन्धनका रूपमा विद्युत्, वायु र तेलको प्रयोग गरियो । यस कालमा भएको अर्को विकास भनेको स्टिलको प्रयोगमा प्रचुर विकास हो । इन्टर्नल कम्बुसन इन्जिनको सुरुआत, सूचनाको साधनका रूपमा प्रयोगमा आएको टेलिफोन र टेलिग्राफको विकासमा रासायनिक संश्लेषण पनि हो । अन्ततः दोस्रो औद्योगिक क्रान्तिमा अटोमोबाइल र हवाईजहाजको विकास र प्रयोग महत्वपूर्ण रह्यो ।

जहाँसम्म देस्रो औद्योगिक क्रान्तिको कुरा गरिन्छ, बीसौँ शताब्दीको उत्तराद्र्धमा आणविक शक्तिको उदय भयो । तेस्रो औद्योगिक क्रान्तिले चौथो कुरा इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेसन र अवश्य पनि कम्प्युटर हो । तेस्रो औद्योगिक क्रान्तिले अन्तरिक्षको ढोका पनि खोलिदियो । जैविक प्रविधिको खोज र अनुसन्धान यस समयमा नै भयो । यसकालमा भएका दुईवटा ठूला अनुसन्धानहरू प्रोगाम गर्न सक्ने (प्रोगामेबल लोजिक अन्ट्रोलरस्— पीएलसीएस) र उच्च खालको स्वचालन (अटोमेसन) को सहयोगका रोबोर्ट्स हुन् ।

जहाँसम्म चौथो औद्योगिक क्रान्तिको कुरा छ, धेरै मान्छेहरू यसलाई स्वीकार गरिराखेका छैनन् । वास्तवमा हामी बाँचिराखेको कालमा यो क्रान्ति भैराखेको छ । पहिलो कुरा औद्योगिक क्रान्ति ४.० को जग भनेको पहिलो क्रान्ति नै हो । इन्टरनेटलाई हामी पहिलोबाट ४.० मा सङ्क्रमण भएको उदाहरण दिन सक्छौँ । त्यहाँ विश्वभरमा कार्यक्रम र परियोजनाहरू कार्यान्वयन भइरहेको छ, मानिसलाई आफ्नो दैनिक जीवनमा चौथो क्रान्तिको चमत्कारको फाइदा लिनका लागि सहयोग गर्ने कुरा अहिले बढी केन्द्रित देखिन्छ । यसले रिस्टार्ट प्रोजेक्टजस्ता आयोजनाहरूलाई लगानीमा सहयोग पुर्याइरहेको छ । उद्योगको टेक्नोलोजिकल घटनाक्रमका अनुरूप डिजिटल सीपको आवश्यकता पूरा गर्न भ्यु पोइन्ट एक्सपेरियन्स टेक्नोलोजी प्रणालीको रूपान्तरणमा औद्योगिक क्षेत्रलाई सम्मिलित गर्ने लक्ष्य राखेको छ ।

अहिले आएका पछिल्ला प्रविधिहरूमा आर्टिफिसियल इन्टेलिजेन्स, ब्लोकचैन, अग्मेन्टिड रियालिटी एन्ड भर्चुअल रियालिटी, कग्निटिभ क्लाउड कम्प्युटिङ, एङ्गुलर एन्ड रियाक्ट, डिभलप्स, इन्टरनेट अफ थिङ्स, एन्टेलिजेन्ट एप्स (१—एप्स), बिग डाटा, आरपीए (रोबोटिक प्रोसेस अटोमेसन रहेका छन् । यी पछिल्ला प्रविधिहरूले प्रविधि महत्वको कि मान्छे भन्ने अनावश्यक बहसमा फसिरहेका छन् । यसरी भ्रम पाल्नुका पछाडि प्रविधिले पुँजीलाई अतिकेन्द्रीकरण, बिनालगानीमा मुनाफाको थुप्रो, मान्छेबिनाका स्वचालित यन्त्रद्वारा सबै काम, शारीरिक श्रमिकको तीव्र विस्थापन आदिले गर्दा भय पैदा भएको छ ।

उत्पादक शक्ति के हो ?

अहिलेसम्मको प्रविधिको विकासको सामान्य जानकारीपछि प्रविधि मानव समाजमा कुन स्थानमा रहेको छ अर्थात् अर्थराजनीतिमा कहाँ रहेको छ भनी कुरा गर्न सजिलो भएको छ । हुनत सबै वस्तु र प्रक्रियालाई हेर्ने वर्गीय पक्षधरता रहेको हुन्छ । त्यसैले यहाँ पेस गरिएका तथ्य वा तर्कहरूले पनि स्वभावैले पक्षधरता लिएका हुनेछन् । उत्पादक शक्तिका बारेमा पनि पुँजीवादी र समाजवादी फरकफरक धारणाहरू रहेका छन् । यहाँ स्वभावैले समाजवादी अवधारणामा उत्पादन शक्तिको कुरा गरिन्छ ।

सामाजिक सञ्जालहरू सबै पुँजीवादीहरूले प्रयोगकर्ताबाट पैसा मात्र असुल्ने होइन, उनीहरूका गोप्य सूचना र जानकारी पनि सङ्कलन गरेर राख्ने भएकाले कैयौँ अवस्थामा यी घातक पनि बन्न पुगेका छन् । एउटा प्रसङ्गमा लेनिनले रेललाई साम्राज्यवादको उपनिवेश फिँजाउने साधन भन्नुभएको छ ।

माक्र्सवादले ऐतिहासिक रूपमा, दास युगदेखि पुँजीवादी युगसम्म उत्पादन शक्ति र उत्पादन सम्बन्धबीचको अन्तरविरोधले समाजलाई रूपान्तरण बाध्य बनाउँछ वा यसैलाई वर्गसङ्घर्ष भनिन्छ भन्यो । उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तरविरोध सकियो भने त्यो समाज साम्यवादमा प्रवेश गर्दछ । यो कथनलाई सही मान्ने हो भने उत्पादक शक्ति के हो त ? यसको पनि माक्र्सवादी परिभाषा छँदैछ । माक्र्सवादले श्रमिक वर्गको जीवित श्रमशक्ति नै समाजको मुख्य उत्पादक शक्ति हो भनेको छ । श्रमिक वर्गको जीवित श्रमशक्ति भनियो भने त्यो श्रमजीवी वर्ग हुन आउँछ । बरु उत्पादन शक्तिलाई प्रभावकारी बनाउन स्तर उन्नति भएका श्रमका ज्यावलहरू, विज्ञान र प्रविधिको प्रयोग र विकास भएका ज्यावलहरू, उत्पादन प्रक्रियमा विभिन्न अभ्यासहरूबाट विकसित मानवीय अनुभवहरूले महत्वपूर्ण भूमिका पूरा गर्दछन् ।

यो भनाइबाट मानव श्रमशक्तिलाई वृद्धि गर्न प्रविधि आएको हुन्छ भन्न सकिन्छ । त्यसैले प्रविधि उत्पादक शक्ति हुन सक्दैन, बरु सहयोगी हुन सक्छ । एकातिर, अहिले विकसित भएको शून्यबराबरको लगानीमा तयार भएको प्रविधिको प्रयोग गरेर पुँजीवादले विश्वभरि ब्रह्मलुट मच्चाएको छ । अर्कोतिर, श्रमजीवीहरूलाई श्रमको क्षेत्रमा भन्दा सेवाको क्षेत्रमा विस्थापित गरेको छ वा बेरोजगार बनाएको छ ।

इरानका चर्चित आणविक वैज्ञानिक मोहसेन फख्रिजावेहलाई आर्टिफिसियल इन्टेलिजेन्सले जुम गरेर अत्याधुनिक मेसिनले १३ वटा गोली प्रहार गरी हत्या गरेको आरोप लागेको छ । यो घटनाले मानिसका स्थानहरू प्रविधिले लिँदै गएको भन्न सकिन्छ तर यस्ता प्रविधिहरू स्वचालित र अत्याधुनिक हुँदाहुँदै पनि योजना बनाउने र कार्यान्वयन गर्न निर्देशन मान्छेले गर्दछ । यी सबै प्रविधिको स्वामित्व, नियन्त्रण पुँजीवादीहरूमा सीमित छ । उदाहरणका लागि पछिल्ला सूचनाप्रविधि, सामाजिक सञ्जालहरूलाई लिन सकिन्छ । सामाजिक सञ्जालहरू सबै पुँजीवादीहरूले प्रयोगकर्ताबाट पैसा मात्र असुल्ने होइन, उनीहरूका गोप्य सूचना र जानकारी पनि सङ्कलन गरेर राख्ने भएकाले कैयौँ अवस्थामा यी घातक पनि बन्न पुगेका छन् । एउटा प्रसङ्गमा लेनिनले रेललाई साम्राज्यवादको उपनिवेश फिँजाउने साधन भन्नुभएको छ ।

यस्ता कथनको अर्थ के होइन भने श्रमजीवी, उत्पीडित वर्गले चलाउने सङ्घर्षमा उच्चखालको प्रविधिको प्रयोग गर्नु हुँदैन । भन्न खोजेको यति मात्र हो, उत्पादक शक्ति श्रमजीवी नै हो र अहिलेका विश्वका सबैभन्दा धनी मानिएका जेफ बेजोसको अमेजन डट कम, बिल गेट्सको माइक्रोसफ्ट क्रप, लेरी इलिसनद्वारा सञ्चालित मूल रूपमा सूचनाप्रविधि र सामाजिक सञ्जालहरूको विकल्पमा जनताको नियन्त्रणमा रहने प्रविधि र सूचनाको विकास गर्दै त्यसैमा भर पर्नु पर्दछ । अहिलेको विज्ञानको आविष्कारले यसलाई सम्भव बनाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :