अखिल (क्रान्तिकारी) द्वारा राजनैतिक तथा वैचारिक प्रशिक्षण

अखिल (क्रान्तिकारी) द्वारा राजनैतिक तथा वैचारिक प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्ला स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीको अध्यक्षतामा उक्त कार्यक्रमका सञ्चालन जिल्ला सदस्य विनोद गिरीले गरेका थिए ।

प्रशिक्षणमा बोल्दै नेकपा कपिलवस्तुका सेक्रेटरी शेरमानले शैक्षिक माफियाहरु विरुद्धको संघर्षलाई अखिल (क्रान्तिकारी)ले नेतृत्व गर्नुपर्ने भन्दै त्यसमा पार्टीको साथ रहने बताए । उनले, देशको संकट अझ गहिरिँदै गएको भन्दै दलाल संसदीय व्यवस्थाका विरुद्ध संघर्षमा सबै केन्द्रित हुनुपर्ने बताए ।

यसैगरी अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले, शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण वा नवउदारवादका विरुद्ध संगठनले सम्झौताहीन संघर्ष गर्ने बताउँदै यसकालागि देशभक्त र जुझारु विद्यार्थीहरुलाई संगठनमा आबद्ध गर्नुपर्ने बताए । उनले संगठनको इतिहासबारे चर्चा गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको संघर्षलाई अझ घनिभूत बनाउनु पर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि दृष्टिकोणमा नै परिवर्तन गर्नुपर्ने बताए ।

त्यसैगरी अखिल (क्रान्तिकारी) कपिलवस्तु जिल्लाका अध्यक्ष विज्ञान क्षेत्रीले जिल्लामा शैक्षिक क्षेत्रमा देखिएका समाधान गर्न संगठनले निरन्तर संघर्ष गर्दै आएको भन्दै आवश्यक परे जस्तोसुकै परिस्थितिको पनि सामना गर्न आफुहरु तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :