नेकपा प्युठानका पूर्वइन्चार्ज र सेक्रेटरीमाथि पक्राउ आदेश

नेकपा प्युठानका पूर्वइन्चार्ज र सेक्रेटरीमाथि पक्राउ आदेश

काठमाडौँ : जिल्ला अदालत प्युठानले नेकपा प्युठानका पूर्वइन्चार्ज चिन्तामणि घिमिरे र वर्तमान सेक्रेटरी दिलबहादुर घर्ती ‘अजय’ का नाउँमा पक्राउ आदेश जारी गरेको छ ।

जिल्ला अदालत प्युठानले बुधबार उक्त आदेश जारी गरी बाँकेको कोहलपुरस्थित घिमिरेको घर र सेक्रेटरी घर्तीको घरमा पठाएको प्युठानबाट प्राप्त समाचारमा जनाइएको छ ।

घिमिरे र घर्तीका नाउँमा एनसेल टावरमाथि आगजनी गरेको भन्दै उक्त आदेश जारी गरिएको हो । स्मरणीय छ, घिमिरे डेढ वर्षअघिदेखि नै उक्त जिम्मेवारीमा छैनन् । कार्यक्षेत्र नै परिवर्तन भइसकेका व्यक्तिलाई पुरानो घटनामा जोडेर ३५ दिने पक्राउ पुर्जी जारी गर्नु सरकारको पूर्वाग्रहशिवाय केही नभएको प्रतिक्रिया घिमिरेले दिएका छन् । यसअघि साउन महिनामा पनि हाजिर हुनु भनी प्युठान अदालतले घिमिरेको घरमा ३५ दिने पुर्जी टाँसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :