जनप्रगतिशील मोर्चा साउदीद्वारा शुभकामना

जनप्रगतिशील मोर्चा साउदीद्वारा शुभकामना

काठमाडौँ : पार्टी पुनगर्ठन दिवस तथा जनमुक्ति सेना दिवसका अवसरमा नेपाली जनप्रगतिशील मोर्चा साउदी अरबले सबैलाई शुभकामना दिएको छ ।

मोर्चाका महासचिव टीकाराम ओली ‘सुरेश’ ले २३ नोभेम्बरमा शुभकामना वक्तव्य जारी गर्दै यो दिवसका अवसरमा नेपाल तथा विदेशमा रहेका सबैलाई मोर्चाका तर्फबाट शुभकामना व्यक्त गरेका छन् ।

नेपालमा १० वर्षसम्म चलेको महान् जनयुद्ध र हजारौँको बलिदानबाट प्राप्त उपलब्धिहरूलाई संशोधनवादीहरूले पुरानै व्यवस्थामा पतन गराए पनि विप्लवको नेतृत्वमा क्रान्तिका लागि पार्टी पुनर्गठनको पहल गरिएको ऐतिहासिक दिनमा सबैमा जनप्रगतिशील मोर्चा साउदीले शुभकामना व्यक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :