गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर : आस्था

गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर : आस्था

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका गण्डक ब्युरो इन्चार्ज आस्थाले प्रहरीद्वारा गिरफ्तार गरिएका आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई विनाशर्त रिहा गर्न आग्रह गरेकी छिन् ।

प्रहरीले लमजुङबाट गएराति बिद्रोही नेकपाका जिल्ला इन्चार्जसहित छ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेपछि सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आस्थाले शान्तिपूर्ण रुपमा बार्षिकोत्सव मनाउँन लागीरहेको बेला प्रहरीले आफ्नो पार्टीका कार्यकर्ताहरुलाई गिरफ्तार गरेको बताएकी छिन् ।

आइतबार राती प्रहरी नेकपाका मनाङ–लमजुङ जिल्ला इन्चार्ज बिबेक भण्डारी ‘आक्रोस’ जिल्ला सेक्रेटरी भिमबहादुर गुरुङ ‘गौरव’, युवा संगठनका केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो संयोजक कुमार परियार, रबिन्द्र, नारायण कुँवर र दुर्गा मंगल लगायतलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

उनीहरुलाई सुतिरहेका अवस्थामा प्रहरीले लमजुङको दोर्दी गाउँपलिका वडा नम्बर ८ स्थित खिम्तीबाट गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :