मेची–कोशीमा उत्वसको रुपमा मनाइयो पार्टी पुनर्गठन दिवस

मेची–कोशीमा उत्वसको रुपमा मनाइयो पार्टी पुनर्गठन दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको साताैँ पार्टी पुनर्गठन दिवसको अवसरमा घोषित केन्द्रीय कार्यक्रम अनुसार ‘एकीकृत जनक्रान्तिको झण्डालाई उच्च पारौं ! ७औँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाऔ !’ भन्ने नारासहित मेची–कोशी ब्युरोका विभिन्न जिल्लामा विभिन्न कार्यक्रमका साथ ७औँ पार्टी पुनर्गठन दिवस भब्यतापुर्वक मनाइएको छ ।

नेकपाको मेची–कोशी ब्युरोले सरकारको गृह प्रसाशनको ठाडो आदेशमा प्रहरीको हस्तक्षेप र सर्च अपरेसनका बावजुत पनि कार्यक्रम सम्पन्न भएको जनाइएको छ । मेची–कोशी ब्युरो अन्तर्गत ताप्लेजुङमा अन्तक्रिया, सुनसरी जिल्लामा कोणसभा, तेह्रथुम, पाचथर, इलाम र झापामा पनि विभिन्न कार्यक्रम गरि उत्सवपुर्वक पार्टी पुनर्गठन दिवस मनाइएको समाचार प्राप्त भएको छ ।

कार्यक्रम स्थलमा ठुलो सङ्ख्यामा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली सर्च अपरेसनका लागि खटाएको र मोरङको मिक्लाजुङ गाउँपालिकाका प्रत्येक घरघरमा सर्च अपरेसन गरि सो क्षेत्रका जनतालाई एकदमै तल्लो स्तरको अश्लिन गालीगलोज गर्दै जनताका मोबाइल जफत गरि घरका अन्य सामाग्री समेत यत्रतत्र छरपस्ट पारी त्रास र आतंक सिर्जना गरेको जनाइएको छ ।

उक्त क्षेत्रमा अहिले पनि सर्च अपरेसन जारी रहेको र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताका आफन्तको घरमा गएरसमेत संकटकालाई बिर्साउने गरि त्राश सिर्जना गरेको छ भन्दै नेकपाले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :