पार्टी पुनर्गठन दिवसमा नेकपा काठमाडौँद्वारा बेलुनको वर्षा र रक्तदान

पार्टी पुनर्गठन दिवसमा नेकपा काठमाडौँद्वारा बेलुनको वर्षा र रक्तदान

काठमाडौँ : सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपा काठमाडौँले राजधानीको मुटु सिंहदरबार आसपासबाट ‘७ औँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाऔँ’ नारा अङ्कित ब्यानर र झन्डा झुन्ड्याउनुका साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा काठमाडौँले पार्टी पुनर्गठन दिवसको खुसीयालीमा उत्सव मनाउने क्रममा बेलुनका गुच्छा बनाएर उडाएको समाचार पनि प्राप्त भएको छ । प्राप्त समाचारअनुसार दक्षिणकाली, टोखा, नागार्जुन र चन्द्रागिरि क्षेत्रमा पनि बेलुन वर्षा गराइएको छ ।

यस्तै पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रम पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी पवनले रगत दिएपछि उद्घाटन गरिएको थियो । कार्यक्रममा सयजनाभन्दा बढी नेकपाका नेता–कार्यकर्ता र सर्वसाधारणले रक्तदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :