पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा काठमाडौँमा जुलुस र कोणसभा

पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा काठमाडौँमा जुलुस र कोणसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिले पार्टी पुनर्गठन दिवसको पूर्वसन्ध्यामा आइतबार काठमाडौँका विभिन्न ठाउँमा जुलुस तथा कोणसभा आयोजना गरेको समाचार प्राप्त भएको छ ।

केन्द्रीय कार्यक्रमअनुसार जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य रिहाज प्रधानको नेतृत्वमा बालुवाटारमा जुलुस तथा कोणसभा सम्पन्न भएको थियोे भने मञ्चका केन्द्रीय सदस्य निश्चल थापाको नेतृत्वमा बहरमहलमा कोणसभा सम्पन्न भएको थियो ।

यसैगरी काभ्रे–काठमाडौँ सम्पर्क मञ्चले खुमलटारमा भौतिक लामाको नेतृत्वमा जुलुस तथा कोणसभा सम्पन्न गरेको छ । रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले बागबजारमा रुन्जन श्रेष्ठको नेतृत्वमा कोणसभा सम्पन्न गरेको छ भने गोरखा–काठमाडौँ सम्पर्क मञ्चले महाराजगन्जमा विवश श्रेष्ठको नेतृत्वमा कोणसभा सम्पन्न गरेको छ ।

यसैगरी इलाम–काठमाडौँ सम्पर्क मञ्चले चक्रपथमा सन्तोष गर्तौलाको नेतृत्वमा, खोटाङ–काठमाडौँ सम्पर्क मञ्चले निश्चल राईको नेतृत्वमा सुकेधारामा, सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चले विकास रानाको नेतृत्वमा नयाँबानेश्वरमा, धादिङ–काठमाडौँ सम्पर्क मञ्चले प्रतीक अधिकारीको नेतृत्वमा लैनचौरमा र मकवानपुर–काठमाडौँ सम्पर्क मञ्चले दीपक मगरको नेतृत्वमा पुरानोबानेश्वरमा कोणसभा सम्पन्न गरेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :