नेकपा कपिलवस्तु र अर्घाखाँचीले टाँस्यो पोस्टर

नेकपा कपिलवस्तु र अर्घाखाँचीले टाँस्यो पोस्टर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु र अर्घाखाँचीले सातौँ पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा पोस्टर टाँसेको छ ।

नेकपा कलिवस्तुका अनुसार जिल्लाको शिवगढी गाउँ कमिटीले लोरौला, गगौली, भगवानपुर, मधहलगायतका स्थानमा पोस्टर टाँस्ने काम सम्पन्न भएको छ । यस्तै वाणगंगा नगरपालिकाभित्र पर्ने वडा कार्यालय जगेडा, बनगाईचोक, चौराहलगायत देउवापुर, वडा, हथौसा, सिउटी, बोडगाउँ, मोतिपुर, भलवाड, जिनुवा, मदौली लगायतका स्थानमा पनि पोस्टर टाँसेको नेकपा स्रोतले बताएको छ ।

शिवराज नगरपालिकाभित्र पर्ने हल्लानगर, शिवपुर, चैनपुर, चनही, उमरी , गरहिया, सोनपुर, चन्द्रौटा, खैरी, बनकार्यालय, बनकसबाश, बनकट्टालगायतका स्थानमा पोस्टर टाँसेको नेकपाले बताएको छ । जिल्लाकै बिजयनगर गाउँपालिकाभित्र पर्ने त्रिपालनगर, भुपुचोक, चारनम्बर, शंकरपुर, बहादुरपुरलगायतका स्थान र बुद्धभुमी नगरभित्र पर्ने महेन्द्रराजमार्ग गोरूसिङ्गे साथै अर्घाखाँची रोडको विभिन्न स्थानलगायत नगर र वडाहरूमा पोस्टरिङ गर्ने कार्य सम्पन्न भएको नेकपा कपिलवस्तुले बताएको छ ।

त्यसैगरी अर्घाखाँचीको विभिन्न स्थानहरुमा पनि पोस्टरिङ गरिएको नेकपा अर्घाखाँचीले बताएको छ । जिल्लाको सन्धिखर्क, भूमिकास्थान, मालपानी, शितगंगा लगायतका विभिन्न गाउँ र बजार क्षेत्रमा पोस्टरिङ गरिएको नेकपाले बताएको छ ।

नेकपाले पार्टी पुनर्गठन भएको ७ बर्ष पुगेको अवसरमा देशभर विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :