बझाङ–काठमाडौँ सम्पर्क मञ्च गठन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिले ११ सदस्यीय बझाङ–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको छ ।

प्राप्त साचारअनुसार मञ्चको संयोजकमा आतङ्क धामी, उपसंयोजकमा विवेक क्षेत्री र सदस्यहरूमा महेश्वर क्षेत्री, विवेकान्द सिंह, पुष्पकुमार जोशी, परिवर्तन धामी र आकृति सिंह रहेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि कमानसिंह रहेका थिए भने अतिथि रिहाज प्रधान रहेका थिए । कार्यक्रममा कमानसिंहले सम्पूर्ण सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुका साथै २० गते काठमडौँबाट गिरफ्तार भएका सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधान र कार्यालय सचिव टीका चौधरीलाई झूट्टो मुद्दा लगाई प्रहरी हिरासतमा राखिएकाले यसप्रकारका झूट्टा मुद्दा नलगाउन प्रहरी प्रशासनलाई चेतावनी दिएका थिए । उनले राजनीतिक दललाई राजनीतिक व्यवहार गर्न सरकारलाई सुझाव पनि दिएका थिए ।

त्यसैगरी अतिथि रिहाजले पनि प्रहरी प्रशासनसँग आफूहरूको लडाइँ नभएर दलाल ससंदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने लडाइँ भएकाले प्रहरीप्रशासनले यो कुरा बुझ्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :