पाल्पाको तानसेन नगरपालिकाभित्रै सरकारविरोधी सभा

पाल्पाको तानसेन नगरपालिकाभित्रै सरकारविरोधी सभा

काठमाडौँ : नेकपा पाल्पाले तानसेन नगरपालिकाभित्रै सरकारविरोधी सभा सम्पन्न गरेको छ ।

नेकपा पाल्पाले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार तानसेन नगरपालिकामा ‘आमनागरिकलाई निःशुल्क स्वास्थ्यजाँच र उपचारको व्यवस्था गर, कोरोना महामारीका नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर’ लगायत नारा लगाउँदै विरोध कार्यक्रम सम्पन्न गरेको पाल्पाबाट प्राप्त समाचारमा उल्लेख छ ।

नेकपा पाल्पाका इन्चार्ज प्रवीणसमेत सहभागी रहेको उक्त कार्यक्रमलाई जिल्ला जनपरिषद् पाल्पाका प्रमुख मीनबहादुर आलेले सम्बोधन गरेका थिए भने पार्टी जिल्ला सदस्य दीपकले सञ्चालन गरेका थिए । कार्यक्रममा पार्टी नेता, कार्यकर्ता, जवस प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :