युवा सङ्गठनद्वारा राजनीतिक–वैचारिक प्रशिक्षण

युवा सङ्गठनद्वारा राजनीतिक–वैचारिक प्रशिक्षण

कावासोती : केपी वली सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल नवलपुरले एकदिने राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका नगर र गाउँ समितिका पदाधिकारी र जिल्लाका अगुवा युवा नेता–कार्यकर्ताहरूलाई प्रशिक्षित गरिएको सङ्गठनले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ध्रुवले युवाहरूलाई पुँजीवादी दलाल संसदीय व्यवस्थाले नै बेरोजगार बनाएर विभिन्न विभेद, अन्याय, अत्याचार गरिरहेको र वैज्ञानिक समाजवाद नै एक मात्र विकल्प रहेकाले यसका लागि सम्पूर्ण युवाहरू एकीकृत जनक्रान्तिको बाटोमा लाग्नुपर्ने बताए ।

विशेष अतिथि युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले देशलाई सङ्कट परेको समयमा युवाहरू निराश नभई गोलबद्ध भएर राष्ट्रियता जोगाउने आन्दोलनमा लाग्नुपर्ने बताए । उनले सामाजिक विकृति, लागूपदार्थ, कालोबजारी, लुट र भ्रष्टाचारविरुद्ध एक भएर अगाडि बढ्न निर्देशन दिए ।

कार्यक्रममा उक्त जिल्लाका पार्टी सेक्रेटरी शीतल, जनसरकार प्रमुख विशाल, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक श्रीराम स्वरूपलगायतले आफ्नो प्रशिक्षणमूलक मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाशले र सञ्चालन विपनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :