सफलताउन्मुख एकीकृत जनक्रान्ति

सफलताउन्मुख एकीकृत जनक्रान्ति

कार्ल माक्र्सले संश्लेषण गर्नुभएको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दृष्टिकोणलाई अझ दह्रोसँग पकड्दै मालेमावादी अपूरो क्रान्तिबाट पाठ सिक्दै नेपालका ७ विशेषतामा एकीकृत जनक्रान्ति अगाडि बढिरहेको छ । नेपालको विशेषता विशिष्ट प्रकारको छ ।

जातजातिबीचको मिश्रित बसोबास भएकाले यसबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै वर्गीय धरातलमा डोर्याई क्रान्तिकारी कम्युनिस्ट चरित्रको विकास गरेर एकीकृत जनक्रान्तिको कार्यक्रम र नीति दिई वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने सङ्घर्षमा लगाएर क्रान्ति पूरा गर्ने वर्गीय पहिचानसहित सत्ताको मालिक बनाउने ।

लेखक : माधव गाैतम

गाउँ, नगर, समाजको दूरी धेरै घटेको छ । सहरहरू आधुनिकतातिर जाँदैछन् भने गाउँको दूरी पनि यातायातका कारण कम भएको छ । सहरमा पाउने वस्तु सजिलै गाउँघरमा पाइने भएको छ । यसलाई हामीले पक्रिनुपर्छ र वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको आन्दोलनमा अगाडि बढ्न सजिलो हुनु अहिलेको आवश्यकता हो ।

नेपालका सबै क्षेत्रमा दलाल पुँजीवादको उदय भएको छ । यसले दलालहरू डामिएर छाडेको साँढेझैँ मोटाउने, जनता खान नपाएर कुपोषण लागेर परालको त्यान्द्रोजस्तो हुने हुनाले सबै क्षेत्रमा भएको दलाल पुँजीवादको अन्त्य गर्नका लागि वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने आन्दोलनमा राष्ट्रिय उद्योगी वर्गलाई सहयोगी शक्तिका रूपमा लिँदै वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्नु, राष्ट्रिय पुँजीको निर्माण गरी राज्यको अधीनमा स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी गर्नु आजको आवश्यकता हुन आउँछ ।

संसदीय व्यवस्थाका दलाल गफाडीहरू सत्ता र भत्ता कसरी प्राप्त गर्न सकिन्छ, जनतालाई झुटमुटको गफ कसरी दिन सकिन्छ भनी कहिले बालुवाटार, कहिले सानेपा र संसद् भवनमा गफ दिइरहेका हुन्छन् । सच्चा क्रान्तिकारी, परिवर्तनकारी शक्तिमाथि दमन गर्छन् । गफाडीहरूको भ्रममा नपरी क्रान्तिलाई अगाडि बढाउनु आजको आवश्यकता हो । माओ त्सेतुङले भन्नुभएजस्तै बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ । यो भनाइ क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि सान्दर्भिक छ किनकि नेपालमा विभिन्न कालखण्डमा हतियारबद्ध आन्दोलन चलेकै हुन् ।

मध्यमवर्गीय तप्काको उदय बढेर गएको छ । विभिन्नखाले औजार र मेसिनहरूको निर्माणले गर्दा अहिले मजदुरहरूको सङ्ख्या घटेको छ । मध्यम वर्गीय तप्काको सङ्ख्या बढेको छ । मध्यम वर्गीय तप्का श्रममा विश्वास गर्छ तर ऊ उत्पीडनमा छ । कलकारखानामा काम गर्ने श्रमिक होस् वा अस्पतालमा काम गर्ने डाक्टर होस्, यस वर्गलाई आन्दोलनको सहयोगी शक्तिका रूपमा लिई वैज्ञानिक सत्ता प्राप्त गरी सत्ताको हिस्सेदार बनाउनु आजको आवश्यकता हुन आउँछ ।

भूपरिवेष्ठित देशको विशेषता छुट्टै प्रकारको हुन्छ । दुई शक्ति राष्ट्रका बीचमा रहेको, समुद्रसँग नजोडिएको, बनजङ्गल भएको देशको आफ्नै सार्वभौम नियमअनुसार वैज्ञानिक सत्ता प्राप्त गर्न सकिन्छ ।

सूचना तथा सञ्चार–प्रविधिको विकासलाई, गहिरोसँग अध्ययन गरी एकीकृत जनक्रान्तिको कार्यक्रममा जोड्दै प्रयोग गरेर क्रान्ति पूरा गर्नु आजको आवश्यकता हुन आउँछ ।

देशभक्त, राष्ट्रवादी शक्ति छरिएर रहेको छ । यसलाई राष्ट्रिय मुक्ति आन्दोलनमा जोड्नु अहिलेको आवश्यकता हुन आउँछ । यी ७ विशेषताहरूलाई दह्रोसँग आत्मसात गरी नेपालको क्रान्ति पूरा हुनेछ ।

भ्ला ई लेनिनले भन्नुभएजस्तै संसदीय व्यवस्था भनेको गफाडीहरूको गफ गर्ने थलो हो । यो भनाइ नेपालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक हुन्छ । संसदीय व्यवस्थाका दलाल गफाडीहरू सत्ता र भत्ता कसरी प्राप्त गर्न सकिन्छ, जनतालाई झुटमुटको गफ कसरी दिन सकिन्छ भनी कहिले बालुवाटार, कहिले सानेपा र संसद् भवनमा गफ दिइरहेका हुन्छन् । सच्चा क्रान्तिकारी, परिवर्तनकारी शक्तिमाथि दमन गर्छन् । गफाडीहरूको भ्रममा नपरी क्रान्तिलाई अगाडि बढाउनु आजको आवश्यकता हो । माओ त्सेतुङले भन्नुभएजस्तै बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ । यो भनाइ क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि सान्दर्भिक छ किनकि नेपालमा विभिन्न कालखण्डमा हतियारबद्ध आन्दोलन चलेकै हुन् । राणाकालीन व्यवस्था, पञ्चायती व्यवस्था, शाहवंशीय राजतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नेपालमा हतियारबद्ध सङ्घर्ष भए । आन्दोलन हुँदै गर्दा आन्दोलनका मुख्य नेतृत्वहरूले जहिले पनि क्रान्तिलाई अपूरै छाडेर सम्झौता गरी सत्ताको खेलमा लागे र जनतालाई धोका दिएको इतिहास हाम्रासामु छ ।

इतिहासबाट पाठ सिक्दै अपूरो क्रान्ति पूरा गर्ने जिम्मा नेपाल कम्युनिस्ट पार्टीको काँधमा आएको छ । क्रान्ति गर्नका लागि बलियो अनुशासन भएको कम्युनिस्ट पार्टी, सेना, सत्ता, संयुक्त मोर्चा आवश्यक पर्ने हुनाले त्यो निर्माण भइसकेको छ ।

माओले भन्नुभएजस्तै क्रान्ति भनेको डिनर पार्टी होइन । क्रान्ति भनेको परिवर्तन गर्ने, श्रमजीवी, उत्पीडित वर्गलाई मुक्त गराउने, जनता आफैँ मालिक बन्ने शासन व्यवस्थाका लागि गरिने सङ्घर्ष हो । नेपाली क्रान्तिलाई अगाडि बढाउँदै गर्दा हाम्रा होनहार कमरेडहरूको सहादत भयो । महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो पहिलो कर्तव्य हो । हामी सहिदहरूले देखेको सपना पूरा गर्न चाहन्छौँ । क्रान्ति शक्तिशाली बन्दै जाँदैछ । संसदीय व्यवस्था मान्ने दलालहरूको निद्रा समाप्त हुँदै जाँदैछ । क्रान्तिमा हिजो सँगै हिँडेकाहरुले अहिले संसदीय व्यवस्थामा आत्मसमर्पण गरेका छन् । आत्मसमर्पणवादीले फ्याँकेको क्रान्तिको झन्डा पुनः उठाउने र क्रान्तिकारी परिवर्तनशील शक्तिलाई शक्तिशाली बनाई अगाडि बढाउने काम केही वर्षमा नै पूरा हुँदै गएको छ ।

क्रान्ति भनेको परिवर्तन गर्ने, श्रमजीवी, उत्पीडित वर्गलाई मुक्त गराउने, जनता आफैँ मालिक बन्ने शासन व्यवस्थाका लागि गरिने सङ्घर्ष हो । नेपाली क्रान्तिलाई अगाडि बढाउँदै गर्दा हाम्रा होनहार कमरेडहरूको सहादत भयो । महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो पहिलो कर्तव्य हो ।

क्रान्तिलाई अगाडि बढाउँदै लैजाँदा संसदीय व्यवस्थाको आदेशमा हाम्रा हजारौँ नेता–कार्यकर्तालाई हिरासत, जेल हाल्ने, आस्था राखेकै आधारमा घरघरमा छापामार्ने, मुठभेटका नाममा हत्या गर्ने गैरराजनीतिक काम गरेको छ । केहीले जेल, हिरासत पर्दा आत्मसमर्पण गरेका छन् । पलायन भएका छन् भने केही स्पातिलो बनी क्रान्तिको अभिभारा पूरा गर्ने मोडमा आइपुगेका छन् । क्रान्तिका यी दुई नियमहरू सधैँ भइरहन्छन् ।

संसदीय व्यवस्थाका दलालहरूले बनाएको संविधानअनुसार नै भन्ने हो भने पनि १) राजनीतिक दल खोल्न पाइनेछ । २) मौलिक हकअन्तर्गत नागरिक हकहितको स्वतन्त्रता हुनेछ । ३) नेपालको कुनै पनि भूभागमा निर्बाध रूपमा हिँडडुल र पेसा–व्यवसाय गर्न पाइनेछ । ४) बिनाहातहतियार भेला हुँदै आफ्नो विचार राख्न पाइनेछ । आफैँले निर्माण गरेको संविधानको बर्खिलाप सामाजिक फासिवादी दलाल पुँजीवादीहरू गएका छन् । हामीले त संविधान बन्नुभन्दा अघि नै जनताको संविधान नबन्ने, केही दलाल मुट्ठीभर मान्छेको संविधान बन्ने देखेर बहिष्कार गरेका थियौँ । आफैँले लेखेको संविधानलाई रद्दीको टोकरीमा फ्याँक्दै राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको छ । आस्था राखेको आधारमा, पार्टीमा लागेकै भरमा हिँडडुल गर्न नपाइने, आफ्ना विचार भावनालाई जनतासम्म पुग्न नदिने संसदीय दलालहरूको क्रियाकलाप आततायी हो । क्रूर राक्षसीपन, आपराधिक जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडित श्रमजीवी वर्ग, मध्यम वर्ग, बुद्धिजीवी, पत्रकार, मानवअधिकारवादी, राष्ट्रिय उद्योगीहरू, कर्मचारी, राष्ट्रवादी, वामपन्थी शक्तिहरूले संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था, सबै जनता मालिक बन्ने, स्वास्थ्य, शिक्षा, रोजगार निःशुल्क हुने व्यवस्था प्राप्तिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता हो । क्रान्तिले राज्यलाई बलियो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :