नेकपाको राजनीतिक प्रशिक्षण भव्य रूपमा सम्पन्न

नेकपाको राजनीतिक प्रशिक्षण भव्य रूपमा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले दुईदिने प्रशिक्षण सम्पन्न गरेको छ । असोज २४ र २५ गते जिल्लाको आज्ञात ठाउँमा भएको प्रशिक्षणमा जिल्लाभरिबाट नेकपाका स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको नेकपा दार्चुलाले जनाएको छ ।

केपी वली नेतृत्वको सरकारले नेकपामाथि लगाएको प्रतिबन्धलाई चिर्दै राजनीतिक वैचारिक प्रशिक्षण भव्य रूपमा सम्पन्न भएको र प्रशिक्षणले जिल्लामा पार्टी सङ्गठनलाई बलियो पार्ने जिल्ला पार्टीको निष्कर्ष छ । स्थानीय तहमा भएका सरकारी अनियमितता र भ्रष्टाचारलाई पार्टीले निगरानी गर्ने निर्णय गरेको नेकपा दार्चुलाका इन्चार्ज आकाशले बताए ।

‘सामाजिक फासिवादी वली एन्ड बादल कम्पनीले थोपरेको राजनीतिक प्रतिबन्लाई ठाडो चुनौती दिँदै हामीले दार्चुलामा भव्य रूपमा प्रशिक्षण सम्पन्न गरेका छौँ । युवा तथा पार्टीका कमरेडहरूलाई क्रान्ति र वर्तमान राजनीतिका विषयमा प्रशिक्षणले महत्वपूर्ण ज्ञान दिएको छ’, इन्चार्ज आकाशले भने ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :