चिनियाँ ताइवानमा हतियार भण्डारण गर्दै अमेरिका, चीनको विरोध

चिनियाँ ताइवानमा हतियार भण्डारण गर्दै अमेरिका, चीनको विरोध

काठमाडौँ : आफ्नो मुख्य राजनीतिक तथा आर्थिक प्रतिद्वन्द्वीका रूपमा रहेको चीनलाई चिढ्याउन र घेर्न अमेरिकाले चिनियाँ भूभाग ताइवानलाई धमाधम नयाँनयाँ हतियार बिक्री गरिरहेको छ ।

चीनको विरोधका बीच अमेरिकाले लगातार ताइवानलाई हतियार दिने क्रम जारी राखेको छ । रोयटर्सका अनुसार अमेरिकाले ताइवानलाई थप ए १६ लडाकु विमान, हावाबाट जमिनमा प्रहार गर्न सकिने क्षेप्यास्त्र र लन्चरहरू दिने तयारी गरेको छ ।

चीनले भने ताइवान आफ्नो देशको आन्तरिक मामिला भन्दै अमेरिकी कदमको चीनले विरोध जनाउँदै आएको छ । ताइवान चीनकै भूमि भए पनि एक देश दुई व्यवस्थाका आधारमा चल्दै आएको छ ।

तर दक्षिणी चिनियाँ सागरमा अमेरिका र चीनबीच बढेको तनावसँगै अमेरिकाले ताइवानलाई उक्साउँदै आएको छ । चीनले आवश्यक परे बल प्रयोग गरेर ताइवानलाई पुनः एकीकरण गर्ने चेतावनी दिँदै आएको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :