मध्यरातामा नेकपाका हुम्ला सेक्रेटरी गिरफ्तार

काठमाडौँ : नेकपाका हुम्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले मध्यरातमा सुतेकै ठाउँबाट गिरफ्तार गरेको छ ।

ताँजाकोट गाउँपालिका ५ को डुङ्गुरीस्थित घरमा सुतिरहेकै अवस्थामा राती ३ बजे बुढालाई प्रहरीले बिनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको नेकपाले हुम्लाले जनाएको छ ।

नेकपा हुम्लाले सुतिरहेको अवस्थामा बिस्तराबाटै बिनाकारण जिल्ला सेक्रेटरी बुढालाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनाएको भन्दै आपत्ति पनि प्रकट गरेको छ ।

राती गाउँलाई नै आतङ्कित पार्दै घर घेरा हालेर बुढालाई प्रहरीले गिरफ्तार गरी बेपत्ता बनाएको भन्दै भाइ मिलनले पनि आपत्ति प्रकट गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण जनजीवन अस्तव्यस्त भइरहेको समयमा अन्य कारबाही स्थगित गरी जनचेतना जगाउने काममा लागिरहेको र घरमै बसिरहेको अवस्थामा बिनाकारण मध्यरातमा गिरफ्तार गरेर सरकारले अशान्ति निम्त्याउन चाहेको भन्दै नेकपा हुम्लाले गिरफ्तार गरिएका सेक्रेटरी बुढालाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :