जर्ज फ्लोइडका हत्यारालाई १० लाखमै उन्मुक्ति

अमेरिका : जहाँ हत्याराहरू पैसा तिरेर उम्किन्छन्

जर्ज फ्लोइडका हत्यारालाई १० लाखमै उन्मुक्ति

यो कुरा सुन्दा कसैले अचम्म मान्नु पर्दैन, आफूलाई संसारमै प्रजातन्त्रको एक नम्बर ठेकेदार मान्ने अमेरिकामा हत्याराहरू पैसा तिरेर उन्मुक्त हुन्छन् । यसको पछिल्लो उदाहरण बनेको छ अश्वेत युवक जर्ज फ्लोइडका हत्यारा डेरेक चौबिनको १० लाख रुपैयाँ तिरेर उन्मुक्ति ।

अमेरिकी अश्वेत युवक जर्ज फ्लोइडका हत्यारा अमेरिकी प्रहरी डेरेक चौबिन जमानतमा जेलबाट रिहा भएका छन् । डेरेक चौबिन १० लाख अमेरिकी डलर धरौटी राखेर बुधबार मुक्त भएको समाचारहरूमा जनाइएको छ ।

श्वेत प्रहरी डेरेक चौबिनले जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर ८ मिनेटसम्म घाँटी थिचेर उनको हत्या गरेका थिए । घटनाको भीडीओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अश्वेतमाथि पुलिसको बर्बरतालाई लिएर हिंसात्मक प्रदर्शनहरू भएका थिए । प्रदर्शनले उग्र रुप लिएपछि राष्ट्रपति डानाल्ड ट्रम्पले बङ्करमा लुक्नुपर्ने अवस्था उत्पन्न भएको थियो ।

‘ब्ल्याक लाइफ म्याटर्स’ नाम दिएका ती प्रदर्शनहरूलाई नियन्त्रणमा लिन ४० भन्दा बढी सहरमा कफ्र्यु लगाउनुका साथै नेसनल गार्डसमेत परिचालन गरिएको थियो । हिंसात्मक प्रदर्शन, दङ्गा र आतङ्कका बीच सेनाको प्रयोग गरिएको थियो ।

जर्ज फ्लोइडको हत्याविरुद्ध संसारभर प्रदर्शनहरू भएका थिए । हत्याकाण्डको तीव्र विरोध र प्रदर्शन भएपछि हत्याचार चौबिनलाई प्रहरी सेवाबाट बर्खास्त गरी जेल हाल्न अमेरिकी सरकार बाध्य भएको थियो तर घटना केही सामसुम हुनासाथ अमेसरकी सरकारले हत्यारालाई धरौटीमा रिहा गरेको छ । यसले संसारकै न्यायकर्मीहरूलाई आक्रोशित बनाएको छ ।

उक्त हत्याकाण्डका मतियारका रुपमा चौबिनसँगै प्रहरी अधिकारीहरू जे अलेक्जेंडर कुएग, थोमस लेन र टाउ थाओलाई पनि जिम्मेवारीबाट हटाइएको थियो । फ्लोइडका परिवारका वकिलले चौबिनको रिहाइले ‘पीडाको सम्झना’ गराएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :