अखिल (क्रान्तिकारी)द्वारा नवलपुरमा विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी)द्वारा नवलपुरमा विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) नवलपुरले गैंडाकोटमा राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्य सम्बन्धि समस्या तथा बलात्कार र हत्याबिरुद्धमा कालो ब्यानरसहित प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी गैंडाकोट नगरपालिकाका इन्चार्ज लगायत दर्जनौं विद्यार्थी र नेता कार्यकर्ताको उपस्थितिमा भएको विरोध कार्यक्रम कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपालको भू–भाग र सिमा सम्बन्धि पुस्तक प्रकाशन नगर्न प्रधानमन्त्रीले दिएको अभिव्यक्ति, राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, बलात्कार सम्बन्धमा गृहमन्त्रीले दिएको अभिव्यक्ति, कोरोना महामारीको समयमा शिक्षा र स्वास्थ्यमा देखिएका समस्या लगायतका विषयमा वक्ताहरूले बोलेका थिए ।

अखिल (क्रान्तिकारी) नवलपुरले एमसीसी, रुकुम हत्याकाण्ड, सामाजिक विकृति, विसंगतिबिरुद्ध प्रदर्शन गरिसकेको छ भने हालै रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :