युवा संगठन झापाको चौथो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन झापाको चौथो जिल्ला सम्मेलन सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, झापाले चौथो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । जिल्ला सम्मेलन झापाको शिवसताशी नगरपालिकास्थित सम्पन्न भएको समाचारमा जनाइएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा युवा संगठन नेपाल मेची–कोशी ब्युरो संयोजक न्युलुक, अतिथिहरुमा जिल्ला सचिव श्रीजंग, जिल्ला सदस्य सुमन लगायतको उपस्थिति रहेको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् मेची–कोशी ब्युरो संयोजक न्युलुकले भेलालाई सम्बोधन गर्दै युवाहरूले दलाल, माफिया, भ्रष्टाचारी, लागूपदार्थ कारोबारीलाई छानीछानी कारबाही गर्दै गाउँबाट लखेट्ने चेतावनी दिए ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला सचिव श्रीजंगले पुँजीवादी दलाल संसदीय व्यवस्थाले युवाको समस्या हल गर्न नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपिल गरे ।

उक्त सम्मेलनले सम्राटको नेतृत्वमा २१ जिल्ला कमिटीसमेत गठन गरेको समाचारमा जनाइएको छ । नेकपाले पछिल्लो समयमा झापामा आफ्नो सक्रियता बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :