युवा सङ्गठन नेपालको मध्यबिन्दु नगर भेला

युवा सङ्गठन नेपालको मध्यबिन्दु नगर भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल, नवलपुर मध्यबिन्दु नगरको भेला सम्पन्न भएको छ । भेलाले अशोकको संयोजकत्वमा नौ सदस्यीय नगर समिति गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज ध्रुवले पुँजीवादी दलाल संसदीय व्यवस्थाले युवाको समस्या हल गर्न नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपिल गरे ।

युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाशले युवाहरूले दलाल, माफिया, भ्रष्टाचारी, लागूपदार्थ कारोबारीलाई छानीछानी कारबाही गर्दै गाउँबाट लखेट्ने चेतावनी दिए ।

कार्यक्रममा अशोकको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला इन्चार्ज ध्रुवको प्रमुख आतिथ्य, युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाशको विशेष आतिथ्य, जनपरिषद् नवलपुर प्रमुख विशाल, अखिल (क्रान्तिकारी) नवलपुर संयोजक श्रीराम स्वरूप, अखिल (क्रान्तिकारी) जिल्ला सदस्य ओमकार, नेपाल कम्युनिस्ट पार्टी मध्यबिन्दु नगर सदस्य विदुरको आतिथ्यता रहेको थियो ।

भेलामा असोज ७ गते युवा सङ्गठन नेपाल नवलपुरद्वारा गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने २५ जना रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरिएको प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :