आत्मसमर्पण गराउने प्रयास असफल भएपछि नेकपा रामेछापका पूर्वसेक्रेटरी अभिलास राज्यद्वारा बेपत्ता

रामेछाप : नेकपा रामेछापका पूर्वसेक्रेटरी कुलदीप मगर ‘अभिलास’ लाई प्रहरीले आत्मसमर्पण गराउन निरन्तर मानसिक यातना दिएको र आत्मसमर्पण गराउन असफल भएपछि फेरि बेपत्ता बनाएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।

प्राप्त समाचारअनुसार एक वर्षदेखि रामेछाप कारागारमा रहेका पूर्वसेक्रेटरी अभिलास सोमबार जिल्ला अदालत रामेछापको आदेशमा थुनामुक्त भए पनि प्रहरीले तत्काल बेपत्ता बनाएर सिन्धुलीका खुर्कोट र नेपालथोक, काभ्रेका मङ्गलटार, भकुन्डेबेसी र बनेपा चौकीसार गर्दै मङ्गलबार धुलिखेल चौकीमा पुर्याएको थियो ।

बनेपा प्रहरीचौकीका प्रहरीले अभिलासलाई पत्रकारसामु नेकपा परित्याग गरी सरकारी नेकपामा प्रवेश गरेको घोषणा गरेमा मुक्त गर्ने भनी आत्मसमर्पण गराउन मानसिक दबाब दिएको र उनले निरन्तर अस्वीकार गरेपछि जिप्रका धुलिखेल ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

धुलिखेलमा पनि उनलाई आत्मसमर्पण गर्न दबाब दिँदै प्रहरीले नेकपा परित्याग गरी सरकारी पार्टीमा प्रवेश नगरे पनि स्वतन्त्र बस्छु भनेर पत्रकारसामु बयान दिनुपर्ने दबाब दिएका थिए तर उनले त्यो पनि अस्वीकार गरेपछि फेरि बेपत्ता बनाइएको जानकारी परिवारका सदस्यहरूले दिएका छन् । स्रोतका अनुसार उनलाई सिन्धुली सदरमुकाम लगेर अर्को झूट्टा मुद्दा लगाउने षड्यन्त्र गरिएको भन्दै परिवारका सदस्यहरूले अधिकारकर्मी, सञ्चारकर्मीलगाययत सरोकारवाला निकायसामु जीवनरक्षाका लागि सहायता मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :