महासचिव विप्लवद्वारा सुकमाली खत्रीप्रति श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा सुकमाली खत्रीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधबार शोक वक्तव्य प्रकाशित गरी जनयुद्धकालदेखि नै पार्टी र आन्दोलनलाई हरतरहबाट सहयोग पुर्याउँदै आएकी पार्टीका ब्युरो सदस्य सुन्दर ओलीकी सासूआमा तथा सुशिला ओलीकी आमा सुकमाली खत्रीको ८० वर्षको उमेरमा निधन भएको समाचारले पार्टीलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । महासचिव विप्लवले सुकमाली खत्रीप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका क्षेत्रीय ब्युरो सदस्य कमरेड सुन्दर ओलीकी  सासूआमा तथा सुशिला ओलीकी आमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका वडा नं. ४ रातामाटा निवासी सुकमाली खत्री (जन्म विसं १९९७) को आज २०७७ साल असोज १४ निधन भएको समाचारले हाम्रो पार्टीलाई अत्यन्त दुःखी बनाएको छ । विगत जनयुद्धकालदेखि निरन्तर आफ्नो ठाउँबाट पार्टी र आन्दोलनलाई सहयोग गर्दै आउनुभएकी आमा सुकमाली खत्रीप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।’ 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :