अखिल (क्रान्तिकारी) द्वारा चितवनमा रक्तदान

अखिल (क्रान्तिकारी) द्वारा चितवनमा रक्तदान

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले चितवनमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण विभिन्न स्थानमा रगत अभाव भई अकालमा मानिसको ज्यान जाने समस्या बढेपछि कसैले पनि रगतको अभावमा जीवन खेर फल्नु नपरोस् भन्ने उद्देश्यले अखिल (क्रान्तिकारी) ले केन्द्रीय स्तरमै रक्तदान अभियान सञ्चालन गरेको थियो । केन्द्रीय नीतिअनुरूप नै मध्य कमान्डअन्तर्गत चितवन जिल्ला समितिले भरतपुर वीरेन्द्र क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा मध्यकमान्ड इन्चार्ज रुद्र भट्टराई, केन्द्रीय सदस्य अटल शर्मालगायत विद्यार्थी नेताको उपस्थिति रहेको थियो ।

अखिल (क्रान्तिकारी) का चितवन संयोजक रेम्बोर्जे लामाले रक्तदान गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि सयौँजनाले रक्तदान गरेको अखिल क्रान्तिकारी चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :