पाल्पामा युवा संगठन नेपालको भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पाल्पा जिल्ला अन्तर्गत तिनाउ गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाले टिबी दर्लामीको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।
भेलालाई सम्बोधन नेकपा पाल्पाका इन्चार्ज प्रवीणले जनयुद्धमा आएको प्रतिक्रान्ति र धोकाघडीहरुलाई चिर्दै आजको नयाँ र विकसित परिवेशमा एकीकृत जनक्रान्तिलाई अगाडी बढाउन युवाहरु क्रान्तिको झण्डामुनि गोलबन्द हुनुपर्ने बताए । उनले आजका युवाहरु गलत क्रियाकलापहरुबाट सचेत रहनुपर्ने भन्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागी क्रान्तिको अग्रमोर्चामा रहेर सङ्घर्ष गर्नुपर्ने बताए ।

यस्तै युवा संगठन नेपालका लुम्बिनी व्युरो इन्चार्ज विश्लेषणले राजनीतिक, सामाजिक लगायत समाजका विद्यमान विकृति र विसङ्गतिहरु विरुद्ध लड्दै आमुल परिवर्तनको जिम्मा आजका जुझारु युवाहरुको काँधमा आएको भन्दै त्यसका लागी क्रान्तिमा जोडिनु अनिवार्य भएको बताए ।

भेलामा दलित मुक्ति मोर्चा नेपालका जिल्ला अध्यक्ष निरबहादुर विक, युवा संगठन नेपाल पाल्पाका अध्यक्ष लिला सारु मगर, कवि रुपसिंह विश्वकर्मा, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष लङ्क राना मगरलगायतले बोलेका थिए ।
भेलामा ६५ भन्दा बढी युवा र स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो । नेकपा पाल्पाले अहिले जिल्लामा संगठन निर्माण, भेला, राजनीतिक वैचारिक प्रशिक्षणलाई अभियनात्मक रुपमा तीव्रता दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :