प्रतिबन्ध तोड्दै युवा सङ्गठन नेपालद्वारा रक्तदान

कपिलवस्तु :  युवा सङ्गठन नेपाल कपिलवस्तुको आयोजनामा शिवगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवगढीमा आयोजित रक्तदान कार्यक्रममा ७० पोइन्ट रगत सङ्कलन भएको युवा सङ्गठन नेपालले जनाएको छ ।

रक्तदान कार्यक्रमपछि युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले विश्वव्यापी फैलिएको कोभिड १९ को सङ्कटले रगत अभाव भइरहेका बेला मानव जीवनरक्षाका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

उनले रक्तदान गर्ने जिल्लाका जुझारु युवाहरू, शुभचिन्तक, स्थानीय जनसमुदाय एवम् फलफूल सहयोग गर्ने केसी स्टोर्स चन्द्रौटा, स्याउ सहयोग गर्ने नेकपा कपिलवस्तु कार्यालय, स्थानीय शिवगढी, स्युराजलगायत पार्टी समिति, नेपाल रेडक्रस सोसाइटी भैरहवा, रक्तसञ्चार एकाइ भैरहवा, स्वयम्सेवी रक्तदाता समाज समिति बुटवलगयात सबैलाई विशेष धन्यवाद दिए ।

यसअघि युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरोले राष्ट्रियता, जनतन्त्र र जनजीविकाकालगायत विषयमा सङ्घर्ष गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :