रियल म्याड्रिडलाई पराजित गर्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा


काठमाडौ : ला लिगा च्याम्पियन रियल म्याड्रिडलाई पराजित गर्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको अन्तिम १६ को दोस्रो लिगको खेलमा स्पेनिस महारथी रियललाई २–१ गोलले हराउँदै सिटीले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा सिटीले सहज जित निकाल्यो । इतिहाद स्टेडियममा समग्रमा ४–२ को नतिजासहित सिटी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

रियलको घरेलु मैदानमा भएको पहिलो लिगमा सिटीले २–१ को अग्रता लिएको थियो । खेलको नवौँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा समेत रियलको डिफेन्सको कमजोरी यथावत् रह्यो । राफेल भारानेको गल्तीमा ग्याब्रियल जिससले ६८ औँ मिनेटमा गोल गर्दै सिटीलाई दोस्रो लिगमा पनि २–१ को जित दिलाए । अब सिटीले क्वार्टरफाइनलको खेलमा लियोनसँग अगस्ट १५ मा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :