सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो


काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको बहाना बनाउँदै कोरोना सङ्क्रमणको कहर काटिरहेका सर्वसाधारणमाथि भार थपेर सरकारले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

नेपाल आयल निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १–१ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको जनाएको छ ।

मूल्य बढेपछि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टीतेल ९१–९१ रुपैयाँमा बिक्री हुनेछ । खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत् रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :