नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०४ पुग्यो

काठमाडौँ : नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप २ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या १०४ पुगेको छ । आइतबार पर्साका एक पुरुष र मोरङकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश १ मा १० जना, प्रदेश २ मा ४५ जना, प्रदेश ३ मा १८ जना, प्रदेश ४ मा ६ जना, प्रदेश ५ मा १३ जना, प्रदेशमा ६ मा ४ जना र प्रदेश ७ मा ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । मृतकमा ८१ पुरुष र २३ महिला रहेका छन् ।

कोरोना भाइरसका कारण विश्वभरि ज्यान गुमाउनेको सङ्ख्या भने ७ लाख ६९ हजार ४ सय ८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :