नेपालमा आज एकै दिन थपिए ६४१ कोरोना सङ्क्रमित

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ४१ ज्ना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ उपत्यकामा मात्र १ सय ७२ सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ जिल्लामा १ सय २६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको छ ।

आइतबार थपिएका नयाँ सङ्क्रमितहरु मोरङमा १ सय, बारामा ७८, पर्सामा ७४, रुपन्देही ४८, धनुषामा ३७, चितवनमा २७, रौतहटमा १४, सप्तरी र कास्कीका ११–११ जना, बाँकेमा १०, नवलपरासी र महोत्तरीमा ८–८ जना, कञ्चनपुर र तनहुँमा ५–५ जना, दाङमा ४, कैलाली, बर्दिया र सिराहामा ३–३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पामा २–२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बागलुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङमा १–१ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :