लिदीको पहिरोमा ज्यान गुमाउनेहरूप्रति तामाङ राष्ट्रिय मुक्ति मोर्चाको श्रद्धाञ्जली

काठमाडौँ : तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले सिन्धुपाल्चोक जिल्लाको लिदीमा साउन ३० गते शुक्रबार गएको पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । मोर्चाले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार र आफन्तजनहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक कान्छा तामाङ ‘परिभाषा’ ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूको निःशुल्क उपचार तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । यस्तै जोखिममा रहेका घरपरिवारहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि मोर्चाले जोडदार माग गरेको छ । शुक्रबार बिहान आएको पहिरोमा परी लिदीमा १६ जनाको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :