इच्छुक ! बिहानीको घामको झुल्कोसँगै आऊ

कविता

आफ्नो रगतले सिँचेको
ढकमक्क फूलहरू फुल्दा
श्रमिकहरूले भारी बिसाउँदा
झुपडीहरूमा हाँसो पस्दा
इच्छुक घामको झुल्कासँगै आऊ
विजयजुलुसमा मशाल लिएर
सामन्त र दलाल ढलेको हेर्न
इच्छुक ज्वालामुखी भएर आऊ ।
भागिसके सहयोद्धाहरू
सङ्ग्रामी मैदान छोडिसके
तर सङ्ग्राम त चलिरहेछ
बिछोडमा पनि
जनसंस्कृतिका पर्याय इच्छुक !
प्रतिरोधी स्वरहरू उठिरहेछन् ।
बस्तीबस्ती जुर्मुराइरहेछन् ।
गाउँगाउँ जुटिरहेछन् ।
मादल, बन्दुक र कलमको
समायोजक इच्छुक
क्रन्तिकारी सौन्दर्यका प्रतीक
क्रान्तिका एक उज्ज्वल आदर्श
बनपाखामा अझै पनि
युद्धका गीतहरू पोखिइरहेछन्
रक्त्याम्म माटो माथि
कलाकामञ्जिल खडाभैरहेछन्।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :