किसान महासङ्घद्वारा पूर्वअध्यक्ष सिंहप्रति श्रद्धाञ्जली


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) लुम्बिनी ब्युरोले महासङ्घकी पूर्वकेन्द्रीय अध्यक्ष सविता सिंहको असामयिक र अनपेक्षित निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । ब्युरो संयोजक सेवक सिंहले प्रेस विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै उनी कम्युनिस्ट आन्दोलनकी सक्रिय नेता भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कर्णाली प्रदेशको जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ५ मा विसं २०३६ पुस १७ गते जन्मिएकी सिंह विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय भई जनयुद्धकालमा तत्कालीन शाहीसेनाद्वारा गिरफ्तारीमा परी हिरासत र जेलमा चरम यातना पाएकी र निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय सङ्घर्षशील नेत्री हुनुहुन्थ्यो । केही समय पहिलेदेखि बिरामी परी उपचारका क्रममा रहनुभएकी उहाँको ४१ वर्षको अल्पायुमै भएको निधनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति भएको छ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :