विप्लवलाई सहिद,बेपत्ता योद्धाका परिवारले भने –‘तपाई अघि बढ्नुहोस हामी तपाईको साथमा छौँ।’

पोखरा : फागुन १४ देखी २१ सम्म पर्ने सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले देशब्यापी विभिन्न कार्यक्रम आयोजना ग¥यो । सहिद सप्ताह सुरु हुने दिन फागुन १४ गते सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सहिदहरुले देखाएको बाटोमा निरन्तर लामबद्ध भएको सन्देश सहित सहिद वेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गरेका थिए । सहिद सप्ताहको अवधि सकिनै लाग्दा शहिद तथा वेपत्ता योद्धाका परिवारहरुले पनि विप्लवलाई खुट्टा नकमाउन र जनयुद्दका मुख्य मूल्य, मान्यतामा अडिक भएर उदेश्य पुरा नहुदा सम्म निरन्तर अघि बढिरहन र विजयी बन्न शुभकामना सन्देश दिएका छन् ।

सहिद सप्ताहको अवसरमा नेकपा कास्कीले रुपा, मादी र महानगर क्षेत्रमा विभिन्न ठाँउमा आयोजना गरेको कार्यक्रममा बोल्ने सहिद तथा वेपत्ता योद्धाका परिवारहरुले विप्लवलाई यस्तो सन्देश पठाएका हुन् ।

कास्की जिल्लाबाट जनयुद्धमा बलिदान गर्ने सहिद तथा बेपत्ता परिवारलाई एकीकृत गर्दै नेकपा कास्कीले साताब्यापी कार्यक्रम गरेको थियो । सहिद तथा बेपत्ता परिवारका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा नेकपाका ब्युरो र जिल्ला स्तरिय नेताकार्यकर्ताहरुले सहिदहरुका सपना पुरा गरेरै छोडने विश्वास ब्यक्त गरे ।

साथै सहिद परिवारहरुले सहिद, बेपत्ता माथी राज्यले गरेको क्रियाकलापको निन्दा समेत गरेका थिए । नेपालमा बहुमत प्राप्त कम्युनिस्ट सरकार भए पनि र सत्तामा जनयुद्धका कमान्डर नै रहेतापनि सहिद तथा बेपत्ताहरुको सपनालाई झन् तुहाउने बाटोमा हिडेको भन्दै दुःख ब्यक्त गरेका थिए ।

सरकारद्धारा प्रतिबन्धको सामना गर्नुपरेको विप्लव नेतृत्वको नेकपाले सहिद र वेपत्ता योद्धाका परिवारहरुलाई भेला गरेर चुनौतिकाबीच कार्यक्रम गर्नुपर्ने अवस्था देखेपछि सहिद तथा बेपत्ता परिवारले कम्युनिस्ट सरकारकै पालामा कम्युनिस्टलाई प्रतिबन्ध लगाएको भन्दै खेद प्रकट गरेका थिए ।

कार्यक्रममा कास्की जिल्ला सेक्रेटरी बिजयले सहिद बेपत्ता परिवारलाई दोसल्ला सहित सम्मान गरेका थिए । जिल्ला सेक्रेटरी विजयले आफ्नो भनाई राख्दै सहिद बेपत्ताको सम्मान र उहाँहरुले देखाएको बाटोमा दृढतापूर्वक अबिचलित भएर लाग्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा निकै भावुक र आक्रोशीत बनेका शहिद र बेपत्ता योद्धाका परिवारले आफ्ना आफन्तहरुको हड्डि सम्म भएपनि खोजी गरियोस भने ।

यस्तै अखिल क्रान्तिकारी कास्कीले पनि सहिद सप्ताह कार्यक्रम अनुरुप कास्की जिल्लामा रहेको सहिद स्मृति उच्च माध्यमिक बिद्यालयमा एक कार्यक्रम गरेको छ । प्रकाश बास्तोलाको अध्यक्षतामा ब्युरो इन्चार्ज बद्रीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ्ग, बिद्यालय प्र.अ.मन्जु बिद्यालयका शिक्षक, शिक्षिका र बिद्यार्थी सहभागी थिए । कार्यक्रममा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री, खेलकुद सामग्री साथै फलफुल बितरण गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी बद्रीले सहिद सप्ताह मनाउनुको उद्देश्य र महत्वको बारेमा मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :