अदालतले रिहाईको आदेश दिए लगत्तै नेकपाका नेता श्रेष्ठ पुन: गिरफ्तार

शिब डुम्रे, नवलपरासी  : बिप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’लाई प्रहरीले फेरि गिरफ्तार गरेको छ । सोमबार रुपन्देही जिल्ला अदालतले बम विष्फोटको मुद्दामा सफाई दिएपछि मंगलबार रिहा भए लगत्तै प्रहरीले श्रेष्ठलाई गिरफ्तार गरेको हो । भैरहवा कारागारबाट रिहा हुनेबित्तिकै प्रहरीले गिरफ्तार श्रेष्ठलाई गरेर नवलपरासी लगेको छ ।
भैरहवा अदालतमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई बिस्फोटक पदार्थ सम्बन्धि मुद्दामा सफाई पाउने ठहर गर्दै थुनामुक्त गर्न आदेश दिए पनि प्रहरीले श्रेष्ठलाई गिरफ्तार गरेको हो । अदालतले थुनामुक्त गर्ने आदेश गरे  पनि प्रहरीले पुन: गिरफ्तार गरेको विषयलाई लिएर  अधिवक्ताहरुले अदालतले रिहाइकाे आदेश दिइसकेको ब्यक्तिलाई यसरी गिरफ्तार गर्नु गैरकानुनी हुने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :