सहिद सप्ताहकाे अवसरमा कालिकोटमा सहिद परिवारलाई सम्मान


कालिकोट : नेपाल कम्युनिस्ट पार्टी कालिकोटले सहिद परिवारलाई सम्मान गरेको छ । नेकपा कालिकोट एरिया नम्बर ३ ले एक कार्यक्रमको आयोजना गरी सहिद परिवारहरुलाई सम्मान गरेको जनाएको छ ।

एरिया इन्चार्ज निर्भिक शाहीको अध्यक्षता र जिल्ला इन्चार्ज बिराटको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । जिल्ला सेक्रेटरी रणदीपको विशेष आतिथ्यता रहेको कार्यक्रममा एरिया नम्बर २ इन्चार्ज किरण, युवा संगठन नेपालको कालिकोट अध्यक्ष आत्मा क्षेत्री लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहिद परिवारले बरु हत्कडी खानु, जुत्ता नखानु, खुट्टा नकमाउनु बरु मृत्यु स्वीकार्नु साथ हामी दिनेछौं भन्दै ५ सय सहिद परिवार मर्नुपरे मर्छौँ । अधुरा सपना पूरा गर्नु भनी सुझाब दिएका थिए ।

सो अवसरमा प्रमुख अतिथि बिराटले लोभ र डरको सामु नझुकी क्रान्तिको नेतृत्व गरी बिजयमा पुगेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला सेक्रेटरी रणदिपले बरु मर्छौँ तर, धोका दिदैनौँ क्रान्ति विरोधीहरुको भ्रममा नपरी साथ दिन सहिद परिवारलाई आग्रह गरे । कार्यक्रममा सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :